Wednesday, 10 June 2009

फूल सम्झी रोजेँ तिम्लाई तिखो काँडा रैछौ तिमी
मुल सम्झेँ तिर्खा मेटने ढुँगे डाँडा रैछौ तिमी
खोजिहिँडे आफैंलाई तिमीभित्रै हराएर
समाउदै छोडदै हिँडने जिवन भँडुवा रैछौ तिमी
फूल सम्झी रोजँ तिम्लाई ………………।
बालेको थिएँ पि्रतको दियो निभाईदियौ हुरी बनी
माया दिँदा घात दिने कस्ती निर्मोही रैछौ तिमी
रोजिहिँडे सबलाई छाडी तिमीमात्र तिमी भनी
मुटुभित्र छुरा रोप्ने जिबन डढुवा रैछौ तिमी
फूल सम्झी रोजेँ तिम्लाई ………॥
आश थियो ताप पाऊँछु तिम्रो चोखो मायाकेा
भेटन सम्म गारेा भो अब त तिम्रो छायाँ त्यो
दुनियाँ त्यागेँ निक्कै भागेँ तिम्रो लागी तिमी भनी
समाएर छाडिदिने साथ छोडुवा रै छौ तिमी
फुल सम्झी …………………।

0 comments: